
बिराटनगर, कार्तिक २७ गते ।
प्रदेश न. १ का विभिन्न जिल्लामा अवैध रुपमा लगाईएका र आफै उम्रिएका गाजा प्रहरीले फडानी गरी नष्ट गरेको छ । १ न.प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्ययोजना बनाएर अवैध गाँजा फडानी “‘सर्च एण्ड डिस्ट्रोय” अभियना मार्फत १५ लाख एक हजार तीन सय ३० बोट गाजाको बोट नष्ट गरिएको हो ।
प्रहरीले विभिन्न जिल्लामा गत कात्तिक ३ गतेबाट गाजा फडानी गरिरहेको थियो । धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र ईलाम जिल्लाको बिभिन्न ठाउँमा अवैध लगाएका र आफै उम्रिएका गाजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।
गाँजा फडानीको लागी उक्त जिल्लाहरुबाट दैनिक एक सय ९७ जना प्रहरी खटाईएको थियो । दंगा नियन्त्रण प्रहरी गण दुहवी र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट संयुक्त रुपमा दैनिक ८४ जना, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट, ५६ जना, भोजपुरबाट २० जना, खोटाङबाट १० जना, ईलामबाट १७ जना र सुनसरीबाट १० जना प्रहरी गाँजा फडानीको लागि खटाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गाँजा फडानी गर्न खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी, साँगुरीगढी, चौबिसे र आँखिसल्ला गाऊँपालिका लगायतका बिभिन्न ठाउँमा करिब ९ सय ९४ रोपनी भन्दा बढी क्षेत्रफलमा अबैध रुपमा लगाईएका र आफै उम्रिएका १२ लाख ३० हजार ५ सय १८ गाँजाको बोट फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाको करिब ३ सय ९ रोपनी जग्गामा लगाईएको १ लाख ३० हजार ३ सय ३६ बोट गाँजा फडानी गरी नष्ट गरेको छ । त्यस्तै उदयपुरको ताप्ली गाँउपालिकाको बिभिन्न ठाउँमा करिव २ सय ८५ रोपनी क्षेत्रफलमा अबैध रुपमा लगाईएको र आफै उम्रिएका १ लाख ३३ हजार ४ सय ७६ गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
खोटाङको हलेशी तुवाचुङ नगरपालिकाको बिभिन्न ठाउँमा अबैध रुपमा लगाईएको र आफै उम्रिएका ७ हजार गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ भने ईलामको देउमाई नगरपालिकाका बिभिन्न ठाउँहरुमा अवैध रुपमा लगाईएका २ सय ४० बोट गाजा फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । त्यस्तै सुनसरीको देवानगञ्ज गाऊँपालिका–६ मा अवैध रुपमा लगाईएका करिव ३ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
