Thursday, June 18News That Matters

नवनियुक्त महानिरीक्षक (आईजीपी) कुँवरले लगाए दज्र्यानी चिन्ह

पूर्णपुष्टि, चैत १२ । नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) धिरजप्रताप सिंहको अवकासपछि नियुक्त भएका (आईजिपी) बसन्तबहादुर कुँवरले दज्र्यानी चिन्ह्र लगाएका छन् ।

नवनियुक्त कुँवरलाई आज गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले दज्र्यानी चिन्ह्र लगाईदिएका हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दाबेदार ५ जना मध्येबाट कुँवरलाई आईजीपीमा नियुक्त गरेको हो । नवनियुक्त आईजीपी कुँवरले दज्र्यानी चिन्ह लगाएपछि प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।