Saturday, January 31News That Matters

नवौं मेयरकप बसाहा ब्याड्मिन्टन प्रतियोगिताको भेट्रान्स उपाधी किसन राई र खगेन्द्र बलको जोडीलाई, पुरुष डबल्स (बी) को उपाधी सौरव र आदिमको जोडीलाई, महिला डबल्सको उपाधी शिला र निताशाको जोडीको कब्जामा

पूर्णपुष्टि/उदयपुर, मङ्सिर २८ ।
चौदण्डीगढी नगरपालिका–४ बसाहामा नवौं मेयरकप ब्याड्मिनटन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको भेट्रान्स (४५‌‍‍+) डबल्समा किसन राई (कालिदास) र खगेन्द्रकुमार बलको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । राई जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका अध्यक्ष हुन् । फाइनल खेलमा मणी राई र बबिन्द्र राईको जोडी दोस्रो स्थानमा रह्यो भने देविराज राई र लोकमान श्रेष्ठ तथा प्रेम रायमाझी र युवराज आचार्यको जोडी तृतीय स्थानमा आए ।
त्यसैगरी पुरुष डबल्स बी डिभिजनमा सौरव राई र आदिव मगरको जोडीले प्रथम स्थान हाँसिल गर्यो । मणी चामलिङ र मिलन राईको जोडीलाई फाइनलमा जितेसंगै प्रथम भएको हो । मणी र मिलनको जोडी दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा काजिमान राई र लोकमान श्रेष्ठको जोडी तथा चुडामणी राई र विपन्चन्द्र राईको सफल भए ।
त्यसैगरी महिला डबल्सतर्फ शिला राई र निताशा मगरको जोडी प्रथम भयो । प्रियंका राई र दिया राईको जोडीसंगको फाइनलमा जितेर प्रथम स्थान हाँसिल गरेको हो । प्रियंका र दियाले दोस्रो स्थान प्राप्त गरे भने तेस्रो स्थानमा दन्तकुमारी मगर र उपमा राईको जोडी तथा सिमाजल राई र स्मिता खत्रीको जोडी सफल भए ।
बसाहा ब्याड्मिन्टन क्लवको आयोजना तथा चौदण्डीगढी नगरपालिका र ४ नं. वडा कार्यालयको सहयोगमा आयोजित प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कारसहित, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । चौदण्डीगढी नगरपालिकाकी कार्यवाहक मेयर मणीकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, ४ नं. वडाध्यक्ष लुङ्गाराज राई, जिल्ला ब्याड्मिनटन संघ उदयपुरका अध्यक्ष किसन राई लगायतले खेलाडीहरुलाई पुरस्कृत एवम् सम्मान गरेका थिए । प्रतियोगिताका सहयोगीहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।
क्लवका अध्यक्ष एवम् जिल्ला ब्याड्मिन्टन संघका बरिष्ठ उपाध्यक्ष नारायण तामाङका अनुसार आठौं संस्करणसम्म सफलरुपमा प्रतियोगिता सञ्चालन गरेको बसाहाले नवौं संस्करण पनि भब्य र सभ्यरुपमा सम्पन्न गरेको छ । जिल्लामा सायद यति लामो र निरन्तर मेयरकप ब्याड्मिन्टन प्रतियोगिता आयोजना गर्न सफल बसाहा भएको छ । क्लवका सचिव दिनेश राइका अनुसार प्रतियाेगितामा बसाहाबासी, वडा तथा पालिका परिवार, जिल्ला ब्याडमिन्टन स‌घ उदयपुरकाे सहयाेग र क्लवकाे विशेष भुमिकामा सफल भएकाे हाे ।

प्रथम नगद पुरस्कारकाे रकम अध्यक्ष राईद्वारा क्लवकाे उन्नतिका लागि सहयाेग

जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका अध्यक्ष किसन राईले भेट्रान्स ईभेन्टसमा उपाधि जितेसंगै प्राप्त नगद पुरस्कार मध्ये १० हजार रुपैया क्लवकाे उन्नति प्रगतिका लागि प्रदान गर्नुभयाे ।
उहाँले पुरस्कार प्राप्तगरेसंगै दस हजार क्लवलाई सहयाेग घाेषणा गर्नुभयाे । उहाँले क्लवका अध्यक्ष नारायण तामाङलाई क्लवकाे प्रगतिकाे लागि भन्दै प्रदान गर्नुभयाे । उहाँकाे सहयाेगलाई क्लवले विशेष सहयाेगकाे रुपमा ग्रहण गरेकाे छ ।

फाेटाे फिचर : पूर्णपुष्टि