
पूर्णपुष्टि, भदौ १७ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेमा रहेको चतरा झुम्का नहरमा डुबेका तीन जनाको उद्धार भरिएको छ । पञ्चमी व्रतको लागि बिहान नहरमा नुहाउने क्रममा अचानक डुबेका १६ वर्षीया सलिना खड्का, ३६ वर्षीया शोभा खड्का र २४ वर्षीया कञ्चन खड्को उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अचेत अवस्थामा फेला परेकी शोभा खड्काको भने बाटामै एम्बुलेन्स बिग्रदा मृत्यु हुन गएको छ । अचेत अवस्थामा रहेकी शोभालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रिफर गरेपछि विजयपुर अस्पताल पठाइको थियो । विजयपुर अस्पतालमा उपचार भइरहेको समयमा बिहिवार शोभाको १ ः३० बजे उनको मृत्यु भएको हो ।
३६ जना सशस्त्र प्रहरीको टिम नेपाल प्रहरी र स्थानीय बासीले उनीहरुको उद्धार गरेका हुन् । खोलाले बगाएका मानिसहरु ५ फिटको गहिराइमा बेलुका ५ बजे फेला परेका हुन् । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले उद्धारका लागि परिचालन भएका सशस्त्र प्रहरी बल नेपाल सुनसरीको टोलीलाई ५ हजार नगद पुरस्कार समेत प्रदान गरेका थिए ।

