Wednesday, August 5News That Matters

नागरिकता विधेयक राष्ट्रपतिद्धारा प्रमाणिकरण

पूर्णपुष्टि, जेष्ठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार बुधबार बिहान राष्ट्रपती पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको हो ।

अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो । सरकारले १२ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । राष्ट्रपति पौडेलले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।