Thursday, August 6News That Matters

नागरिकले लकडाउन बुझ्दै, जिल्लामा विशेष कमाण्ड पोष्ट गठन

पूर्णपुष्टि, चैत १३

उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले लक डाउनको तेस्रो दिन देखि वास्ताविक लकडाउनको अवस्था देखिन थालेको बताउनु भएको छ । पहिलो दिन भन्दा दोस्रो दिन र दोस्रो दिन भन्दा आज तेस्रो दिन मानवीय गतिविधि तथा सवारी सञ्चालन ठप्प बनेको उहाँले बताउनुभयो ।

विस्तारै नागरिकहरुमा लकडाउनको अर्थ बुझाई र कोरोना भाईरसको संक्रमण प्रति सचेतना बढ्दै गईरहेकोले लकडाउन पालना देखिएको उहाँको भनाई छ । प्रशासनको तर्फबाट लकडाउन पालनाकोे निम्ति नागरिकहरुलाई कडाई गरिराखिएको छ । लकडाउन अवज्ञा नगर्न आह्वान गर्दै अनावश्यक हिडडुल सवारी सञ्चालनमा पूर्ण प्रतिवन्ध लगाईएको छ । जिल्ला प्रवेशका नाकाहरुमा विषेश सुरक्षा जाँच सहित प्रवेश निषेधमा कडाई गरिएकोे छ ।

अटेर गरी बाहिर देखिएका सवारी साधन र मानिसलाई प्रहरीले कार्वाही गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले लकडाउन पालनामा नागरिक सचेतना बढेको बताउनुभयो । तथापी केही सवारी साधन कार्र्वाहीको लागि नियन्त्रणमा लिनु परेको उहाँले बताउनुभयो ।

एसपी मगरका अनुसार आज तेस्रो दिन १० ओटा मोटरसाईकल १३ ओटा साईकल र १ ओटा ट्याक्टर नियन्त्रणमा परे । मोटर साईकालका चाबी मात्र भने ३० ओटा नियन्त्रणमा परेको जनाइएको छ । सवारी साधन नियन्त्रणको यो संख्या निकै कम हो । पहिलो दिन ४ सय ६२, दोस्रो दिन १ सय ५१ ओटा नियन्त्रणमा परेका थिए ।

सुरक्षाकर्मीको तैनाथी र कडाईका कारण लकडाउन अवज्ञा गर्ने क्रम घट्दै गएको एसपी मगरले बताउनुभयो । ग्याँस तथा खाद्यन्नको कारण साँझ पख भिँड हुने क्रममा पनि आज कमि आएको थियो ।

पहिलो र दोस्रो दिन  भन्दा आज बजारमा सवारी साधन र सर्वसाधरणले लक डाउनको अवज्ञा गर्ने कम भएको महसुस बजारवासीले समेत गरेका छन् । त्रियुगा उद्योग बाणिज्य संघका पूर्व प्रथम उपाध्यक्ष भरत चाम्लिङले नागरिकहरुको बुझाइमा बृद्धि भएकाले बाहिर निस्किने क्रम घटेको बताउनुभयो । लकडाउनको क्रममा रमित हेर्ने, लापर्वाही गर्नेहरुका कारण प्रहरीले थप कडाई गरिदिदा वास्तविक समस्यामा परेकाहरुलाई विषेश र अत्यावश्यक काममा निस्कन अबरोध पुग्ने गरेको उहाँले बताउनुभयो । त्यसैले अनावश्यक रुपमा कसैले पनि बाहिर निस्कन नहुने उहाँको आग्रह छ ।

सधै झैँ तेस्रो दिन पनि प्रहरीले चोक तथा नाकाहरुमा कडाईका साथ चेक बसेको थियो । नेपाल भरी भईरहेको लक डाउन सफल बनाउन सरकार तथा सरकारी निकाय, बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, लगायत सर्वसाधरणहरुले यसलाई पूर्ण पालना गर्नु अवस्था छ ।

लक डाउनको अवज्ञा गर्ने धरैलाई प्रहरीले कानुन बमोजिमको कार्वाही गर्ने जनाएको छ । भन्दा भन्दै अटेर गर्नेहरुलाई ठाउँ ठाउँमा भाटे कार्वाही समेत प्रहरीले थालेको छ ।

बिषेश कमाण्ड पोष्ट गठन 

जिल्लामा कोरोना भाइरस संक्रमण रोक्न तथा सबै हिसावले उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विषेश कमाण्ड पोष्ट आज गठन भएको छ ।

प्रजिअ दिपक कुमार पहाडीको नेतृत्वमा सुरक्षा प्रमुखहरु त्था सरकारवाला निकायहरुको सम्लग्नता रहने विषेश कमाण्ड पोष्ट गठन भएको हो । यसले जिल्लामा हुने कोरोना भाइरसको संक्रमण रोकथामका गतिविधि तथा उपायहरु अवलम्वन गर्ने जनाईएको छ । साथै संक्रमित तथा संकास्पद मानिस भेटिएमा उपचार तथा चेकजाँजका निम्ति सम्बन्धित ठाउँमा पठाउने व्यवस्था गर्ने बताइएको छ ।

प्रजिअ पहाडीका अनुसार हालसम्म जिल्लामा बिरामी फेला परेको छैन । संकास्पद ३ जनाको परिक्षणका लागि धरान पठाइएको छ । अर्का एक जना कटारी अस्पतालमा उपचारमा राखिएको छ भने कटारीको त्रिवेणी वेलस्रोत स्थित करेन्टाइनमा २६ जना राखिएका छन् ।

कमाण्ड पोष्टले जिल्लाका ८ ओटै पालिकाहरुलाइ करेन्टाईन स्थापना गर्न भनेको छ । बेलका नगरपालिकाले भने निर्माण गरिसकेको छ । अन्य पालिकाहरु निर्माणमा जुटेको जनाईएको छ ।