Wednesday, May 27News That Matters

याे समय रमाइलो गर्ने र पाहुना जाने समय हाेइन : प्रजिअ

पूर्णपुष्टि, चैत १४ गते । 

स्थानीय प्रशासनले उदयपुर जिल्लामा सुरक्षा चेकजाँच र सतर्कताका लागि कडाइ गरेसंगै चाैथाे दिन नागरिकहरूबाट लकडाउनकाे पालना देखिएकाे छ ।  नागरिकहरू सबैखाले काम छाडेर घर बसेका छन् । पालिकाहरूले गाउँगाउँमा कडाइ गरेकाले गाउँघर तिर पनि लकडाउनकाे पालना बढेकाे छ । केही नागरिकहरूले अडेरी र लापरवाहीपन देखाएकाले प्रहरीले लाठीचार्जसमेत गर्नु परेकाे थियाे । गाइघाट बजारकाे अासपासका गाउँसम्म पुगेर प्रहरीले कडाइ गर्नुका साथै लाठीले तर्साउने कामसमेत गरेकाे छ ।

यसैबीच याे समय रमाइलो गरि हिड्ने, पाहुनापाछा जाने नभएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताउनु भएकाेछ। नागरिकहरुले आफैले पनि उच्च सतर्कता अपनाउनु पर्ने र कोरोना भाईरस जस्तो विश्वलाई समस्या ग्रस्त बनाइरहेको भाईरलबाट बच्नु पर्ने भएकाले यसबेला कोहि कसैले पनि रमाइलोका लागि गतिविधि नगर्न र पाहुना जाने आउनेजस्ता कामहरु बन्द गर्न आग्रह गर्नुभयो ।

विश्वमा हजारौँले ज्यान गुमाइरहेको अवस्थामा सरकारले लकडाउन घोषणा गरेर नागरिकहरुलाई घरमै सुरक्षित वस्न भनेको छ । त्यसको पूर्ण पालना गर्न उहाँले आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले  यदि लकडाउन पालना नगरेकाे पाइएमा प्रहरीले कारवाही थालेकाे बताउनु भयाे । दैनिक जसकाे सरवारी साधन कारवाहीमा परिरहेकाे उहाँले बताउनुभयाे । पिहलाे, देास्राे र तेस्राे दिनकाे तुलनामा चाैथाे दिन कारवाही कम रहेकाे बताउनुभयाे ।

नागरिकहरूमा लकडाउनकाे बारे ज्ञान बढेकाे र काेराेना भाइरसकाे संक्रमणबाट बच्ने उपाय र सचेतना बढेकाले अवज्ञा कमी हुदै गएकाे प्रतिक्रिया उहाँकाे छ । तर, अझै पनि नागरिकहरूले पूर्ण पालना गरेकाे भने नपाइएकाे गुनासाे उहाँकाे छ । एकजनामा संक्रमण भेटिए त्यसले धेरैलाइ प्रभाव पार्ने भएकाले विशेष सतर्कता अपनाउनु पर्ने उहाँले बताउनुभयाे  । अहिलेकाे समयलाइ ख्याल ख्याल वा लापरवाही गर्नै नहुने उहाँले बताउनुभयाे । सबैजना घरमै बसेर सुरक्षित भइदिन उहाँले अनुराेध गर्नुभयाे ।