
मिलन परियार, चैत १४ बिश्वब्यापी रुपमा फैलियको नोबेल कोरोना भाईरस ९कोभिड १९ ०ले अहिले बिस्वभर आतंक मच्चाएको छ । बिस्वका धेरै देस ले लकडाउन नै गरेर नागरिक हरुलाई घर बाट निस्कन प्रतिबन्ध गरेका छ्न । फ्रान्स बाट कोरोना भाइरस संक्रमित युवती संगै कतार एयरवेज फ्लाईट बाट ४ गते लिम्चुङ्बुङ गाँउ पालिका ३ बाराहा का एक युवा काठमाडौ देखि उदयपुर गाईघाट हुँदै लिम्चुङ्बुङ आईपुगेका छन । जहाज मा आएकी युवती लाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएपछि उनै संग आएका यात्री को खोजी का क्रम मा ती ब्याक्ती लिम्चुङ्बुङ मा भेटिएका हुन । अहिले उन लाई होम क्वारेन्टाइन मा राखिएको गाउँ पालिका ले जनाएको छ । काठमाडौ बाट उदयपुर आएर आईसुलेसनमा नबसी घरमा नै बसेको र गाउँ घर मा हिडडुल गरेको भेटघाट मा समेत सामेल भएको थाहा पाए पछि लिम्चुङ्बुङ गाउँ पालिका ले आकस्मिक कार्यपालिका बैठक राखी महत्त्वपूर्ण निर्णय गरेको छ। लिम्चुङ्बुङ गाउँ पालिका भित्रीने ४ वटा नाका रौतामाई गाउँ पालिका १ माझखर्क , रौतामाई ३ को सिमाना जाँते बुईखा , हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङ्बुङ को सिमाना को सुनकोसी र बलम्ता को तल्लो भुभाग मा १ सुरक्षा कर्मी १स्वास्थ कर्मी र १ सहयोगि राखिने र ती आबस्यक ठाउमा चेकजाँच गर्न हेल्थडेक्स स्थापन गर्ने र १४ गते देखि १८ गते सम्म अपरिचित मानिस हरुलाई लिम्चुङ्बुङ गाउँ पालिका प्रवेश मा निषेध गरेको ५ नम्बर वडाका वडाध्यक्ष केसर कुमार खडका ले जानकारी दिनुभयो । आबस्यक औषधि उपकरण र माक्स ल्याउन विशेष पहल गरेको र आकस्मिक बैठक ले लिम्चुङ्बुङ गाउँ पलिका ३ को बिधालय मा २० सैंया को क्वारेन्टाइन भवन बनाउने निर्णय पारित गरेको साथै लकडाउन लाई कडाई का साथ लागू गर्ने गाउँ पालिका ले जानकारी दिएको छ। यो विषम परिथिती मा सम्पुर्ण लिम्चुङ्बुङ बासी आम जनता लाई लक डाउन को पुर्न पालना र सरसफाइ लाई विशेष ध्यान दिन र माक्र्स प्रयोग गर्न र कुनै स्वास्थ सम्बन्धि समस्या आईपरेमा तुरुन्त स्वास्थ संस्था मा जान समेत लिम्चुङ्बुङ गाउँ पालिका अध्यक्ष मेजर कुमार राई ले अपिल गर्नु भएको छ ।
