Wednesday, May 27News That Matters

प्रहरीकाे नयाँ कारवाही सवारीकाे हावा खाेलिदिने

पूर्णपुष्टि, चैत १४ ।

उदयपुरमा लकडाउनकाे अबज्ञा गर्ने सवारी साधनलाई नयाँ कारवाही स्वरुप प्रहरीले हावा खाेलिदिएका छन् । चाैथाे दिन अाज लकडाउन अबज्ञा गर्ने केही माेटरसाईकलकाे प्रहरीले हावा खाेलिदिएकाे हाे । निरन्तर कडाई गर्दा पनि अटेर गरि चलाएकाे पाइएपछि हावा खाेलिदिएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले हावा खाेलेर गुड्न नसक्ने अबस्थामा जहाकाे तहि छाडिदिने गरेकाे छ । नियन्त्रण र कारवाहिले मात्र नभएपछि नयाँ कारवाहीस्वरुप हावा खालिदिएकाे प्रहरीकाे भनाई छ । चाैथाे दिन प्रहरीले एक स्कुटिसहित ७ माेटरसाईकलकाे हावा खालिदिएकाे छ । साथै ४ साईकल, १ ट्याक्टर गरि पाँच सवारि साधन नियन्त्रणमा परेका छन् भने ५ वटा माेटरसाईकलकाे चावी नियन्त्रणमा परेकाे जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढा मगरले बताउनुभयाे । लकडाउनकाे पालना र काेराेना भाइरस संक्रमणप्रतिकाे सचेतना बढेसंगै सवारी साधन कारवाहीमा कमी अाएकाे उहाले बताउनुभयाे ।