Tuesday, June 2News That Matters

नाबालकलाई प्रलोभनमा पारी सुन लुटपाट गर्ने दुई जना पक्राउ

पूर्णपुष्टि, माघ २८
एक नाबालकलाई प्रलोभनमा पारेर सुन लुटपाट गर्ने र लुटपाट गरिएको सुन किनेको अभियोगमा काठमाडौंका दुईजना पक्राउ परेका छन् । गोकर्णेश्वर–४ का नारायण श्रेष्ठ र पथरी शनिश्चरे–८ घर भई गोकर्णेश्वर–६ काठमाौडौंमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका राजकुमार बराइली पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार तीन वर्षीय नाबालकलाई म तिम्रो मामा हुँ भन्दै नारायणले चकलेट दिएर प्रलोभनमा पारी कानमा लगाइराखेको चार आना बराबरको सुनको मुन्द्रा लुटपाट गरेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।