
पूर्णपुष्टि, असार २३
त्रियुगा नगरपालिका–१२ सुनगाभा टोलका ७ वर्षीय नाबालकलाई कानुन व्यावसायी ईन्द्रबहादुर तामाङले टाउकोमा ढुङ्गा प्रहार गरी घाईते बताएको घटना प्रति मानव अधिकारकर्मी लगायतका संघसस्थाहरुको ध्यानआकर्षण भएको छ ।
विना कारणे नाबालकको संवेदनशिल अंगमा तामाङले ढुङ्गा प्रहार गरी घाईते बनाएको प्रति कडा भन्दा कडा कारबाहीको माग गर्दै मानव अधिकारकर्मी, नागरिक समाज र गैर सरकारी संघसस्थाहरुको ध्यानआकर्षण भएको हो ।
गतराती करिब ८ बजे भएको घटना संविधानमा उल्लेखित राष्ट्रि तथा अन्तर्राष्ट्रिय बालअधिकारको हक विपरित भएको संयुक्त प्रेस विज्ञाप्तिमा उल्लेख छ । बालुवामा खेलि रहेका नाबालकलाई बालुवा छरेको निहु झिकेर मरणासन्न हुने गरी संवेदन शिल टाउँकोमा ढुङ्गा प्रहार गरी गम्भिर घाईते बनाएको उल्लेख छ ।
घटनाको घोर भत्सर्ना गर्दै बालअधिकारको संरक्षणको निम्ती सरोकारवालाहरु लगायत सम्पूर्ण निकायहरुले दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै प्रेस विज्ञाप्ति जारी गरेको छ ।

