Sunday, June 28News That Matters

मास्कको प्रयोग र सामाजिक दुरी कायम नगर्नेलाई कारबाही हुने

पूर्णपुष्टि, असार २३

जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउनमा बाहिर हिड्दा अनिवार्य माक्सको प्रयोग र सामाजिक दुरी कायम नर्ग सवैलाई अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनमा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको हो ।

बाहिर हिड्दा अनिवार्य माक्सको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सेनिटाईनजरको प्रयोग गर्ने, सावुन पानीले हात धोनु जस्ता स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नु पर्दछ । यदी यो मापदण्ड उल्लंघन गरेको पाईएमा संक्रामक रोग ऐन २०२० बमोजिम कार्बाही हुने जिप्रका उदयपुरले जनाएको छ ।

कोरोनाको संक्रमण समुदाय स्तरमा बढ्दै गएपछि स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना नगर्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । बन्दाबन्दीको स्वरुप परिवर्तन गर्दै सरकारले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी निश्चित व्यवसाय सञ्चालन लागि खुला गरे पनि त्यसको पालना नगरेको जनगुनासो बढेपछि गृह मन्त्रालयले कडा नीति लिन लागेको हो ।

लकडाउन खुला गरेपछि कतिपयले लापरवाही गर्न थाले पछि सङ्क्रमण फैलन सक्ने जोखिम विचार गरी सरकारले यस्तो कदम चालेको हो ।