
पूर्णपुष्टि / उदयपुर, माथ १५ ।
नारदमुनि थुलुङ गोल्डकपको एघारौँ संस्करण आजबाट उदयपुरमा सुरु भएको छ। वसाहाको नारदमुनि रङ्गशालामा सञ्चालित गोल्डकपको उद्घाटन चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले गरेका छन्।
गोल्डकपको उद्घाटन खेलमा द योङ ब्रदर्श क्लव इटहरीले आयोजक बसाहा क्लवलाई को विरुद्ध गोलले पराजित गर्दै जीतको सुरुवाती गरेको छ।
खेलको २७ औ मिनेटमा द योङ ब्रदर्श का जर्सी नं १० का विदेशी खेलाडी फोफोनाले पहिलो गोल गरे । आयोजक बसाहा क्लबको तर्फबाट पटक -पटकको अवसर गोलमा परिणत हुन नसकेपछि शून्यमै चित्त बुझाउनुपर्यो।
भोलीको खेल सहलेस युवा क्लव सिरहा र दमक फुटबल एकेडेमी झापा बीच हुनेछ ।
आगामी २२ गते फाइनल हुने गोल्डकप ऐतिहासिक व्यक्तित्व प्रजातान्त्रिक योद्धा स्वर्गीय नारदमणि थुलुङको स्मृतिमा आयोजना हुँदै आएको छ। ऐतिहासिक व्यक्तित्वको प्रतिष्ठासँग जोडिएको गोल्डकप उदयपुरको एक प्रतिष्ठित र निरन्तर संचालन भएको प्रतियोगिता हो ।
उद्घाटन समारोह र खेल हेर्न छिमेकी नगरपालिका कटारी र बेलकाका मेयरहरू क्रमश राजेशचन्द्र श्रेष्ठ र अशोक कार्कीको उपस्थिति थियो।
चौदण्डीगढी नगरपालिकाको संयोजन जिल्ला फुटबल संघ उदयपुरको प्राविधिक सहयोग र वर्षा क्लबको आयोजनामा गोल्डकप सञ्चालन भएको हो।
