
१७ माघ २०८१ । उदयपुर
उदयपुरको बसाहमा जारी ११ औ नारदमुनि थुलुङ गोल्डकपको आज भएको तेस्रो दिनको क्वाटर फाइनल खेलमा ट्राइबेकरबाट नेपाल खेलकुद क्लब रौतहटलाई पराजित गर्दै न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी सेमिफाइनलमा प्रवेश गरेको छ।
ट्राइ ब्रेकरमा २-१ को अन्तरले न्यु स्पोर्ट्स क्लब सप्तरीले जित हात पारेको हो। पाँच-पाँच जना खेलाडीले गोल हानेकोमा सप्तरीको किपरले चार गोल रोक्न सफल भएको थियो भने रौतहटको किपरले तीन गोल मात्र रोके ।
खेलको अन्तिम समयसम्म सप्तरीको दबदबा रहे पनि रौतहट गोल रोक्न सफल भएको थियो। तर ड्राइ ब्रेकरमा दुई एकको अन्तरमा पराजित भएको हो ।
भोलिको एपीएफ क्लब काठमाडौँ र एलयाक्स सिटी फुटबल क्लब मोरङबीच हुनेछ।
आजको म्यान अफ दि म्याच सप्तरीका गोलकिपर सन्दीप भट्टराई घोषित भए ।
