
पूर्णपुष्टि/उदयपुर, माघ ८ ।
उदयपुरकाे बसाहामा सञ्चालन हुने ११ ओैं नारदमुनी थुलुङ स्मृती गाेल्डकप फुटबल प्रतियाेगिताकाे खेल तालिका आयाेजकले सार्वजनिक गरेकाे छ ।
आगामी माघ १५ देखि सञ्चालज हुने गाेल्डकपकाे खेल तालिका अनुसार आठ वटा टिमले भाग लिनेछन् । जसमा पहिलाे दिनकाे खेल आयाेजक बसाहा क्लव र याेङ् ब्रदर्स क्लव ईटहरी सुनसरीबीच हुनेछ । दाेस्राेदिन सहलेस युवा केलव सिरहा र दमक फुटबल एकेडेमी झापाबीच हुनेछ ।
तेस्राेदिन न्यु त्रियुगा स्पाेर्टस् क्लव सप्तरी र नेपाल खेलकुद क्लव राैतहटबीच हुनेछ भने चाैथाेदिन एपिएफ क्लव काठमाडाै र एलएक्स सिटि फुटबल क्लव माेरङबीच हुनेछ । नकआउट बिधिमा खेलाइदा १८ गतेसम्ममा पहिलाेचरणकाे खेल सकिएर सेमिफाईनल प्रवेश हुनेछ । १९ र २० गते सेमिफाईनल भई २२ गते फाईनल हुनेछ ।
आयाेजक बसाहा क्लवले प्रजान्त्रिक सेनानी, ऐतिहासिक ब्यक्तित्व स्व. नारदमुनी थुलुङकाे स्मृतीमा खेलाएकाेले उनकाे स्वर्गराेहण भएकाे दिन फाईनल खेलसंगै समापन समाराेह राखेकाे अध्यक्ष दिनेश राईले बताए । विजेताले नगद पाँचलाख र उपविजेताले तीनलाख रुपैया प्राप्त गर्नुेछन् ।
