
पुर्णपुष्टि, माघ ३०
सर्लाहीमा ३ बर्षिय बालक नालामा डुवेर मृत्यु भएको छ । पर्सा गाउँपालिका वडा नं. ५ का ब्रहमदेव साहको ३ वर्षिय छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको हो ।
बालक घर अगाडिको नालामा मृत अवस्थामा फेला परेको प्रहरिले जनाएको छ । बिहिबार साझँदेखि हराएको बालकको खोजि गर्दा उनलाई घर अगाडी नालामा मृत अवस्थामा परिवारले फेला पारेको हो
घटना बारे अनुसन्धान भईरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कँुवरले बताएका छन् ।
