
पूर्णपुष्टि,माघ ३०
बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जाखिममा परेकी एक सुत्केरीको ताप्लेजुङबाट उद्धार गरिएको छ । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूलाई राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरेर विराटनगर लगिएको हो ।
लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताउनुभयो ।
वडाध्यक्ष लिम्बूका अनुसार बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हेलिकोप्टर मगाएर उद्धार गरिएको हो ।
हाल विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिएको छ ।
