Wednesday, April 22News That Matters

नाै जनालाई `वाभाेँछा ब्यक्तित्व सम्मान, साहित्यकार स्व. ईन्द्रबहादुर राईलाई मराेपरान्त सम्मान

पूर्णपुष्टि, असार ३१/धरान

किरात राई चामलिङ वाभाेछा समाज/वंशावली निर्माण समितिले विभिन्न क्षेत्रमा रहेका नाैं जना वाभाेँछा ब्यक्तित्वहरुलाई शनिवार धरानमा सम्मान गरेकाे छ । तीन राजनीतिक ब्यक्तित्व, दुई पत्रकार र चारजना नेपाल सरकारका अधिकृतहरुलाई `वाभाेँछा ब्यक्तित्व सम्मान´ गरेकाे हाे ।

जि.बि. राई
बलदिप राई
विश्वराज राई

राजनीतिक ब्यक्तित्वत्रय बलदिप राई, सि.बि. राई (चन्द्रबहादुर राई/सिक्किम), विश्वराज राई सम्मानित भएका हुन् ।

महेश्वर चामलिङ
भाेटराज राई

पत्रकारिता क्षेत्रका  महेश्वर चामलिङ र भाेटराज राई  सम्मानित भए ।

हरिनारायण राई
तयामी अरुण राई
आशिष राई
सर्मिला राई

नेपाल सरकारका अधिकृतहरु हरिनारायण राई, आशिष राई, तयामीअरुण राई र सर्मिला राईलाई पहिलाे पटक `वाभाेछा ब्यक्तित्व सम्मान´ प्रदान गरेकाे हाे ।
राजनीतिक ब्यक्तित्व ४८ वर्षिय बलदिप राष्ट्रिय जनमुक्ती पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष हुन् । ८८ वर्षिय  सि.बि.  सिक्किम विधान सभाका पूर्व पार्षद हुन् भने ६० वर्षिय विश्वराज ज.स.पा. नेपालका प्रदेश सदस्य हुन् ।
५० बर्षिय पत्रकार महेश्वर नेपाल पत्रकार महासंघ उदयपुरका पूर्वअध्यक्ष तथा नागरिक दैनिकका सम्बाददता हुन् भने ४१ वर्षिय भाेटराज कान्तिपुर टेलिभिजनका सम्बाददाता तथा पूर्णपुष्टि अनलाईनका सम्पादक हुन् । ५१ वर्षिय अधिकृत हिनारायण, कृषि ज्ञान केन्द्र खाेटाङका  प्रमुख हुन् । ३६ वर्षिय आशिष अर्थ मञ्त्रालयमा अधिकृत हुन् भने ३८ वर्षिय तयामी अरुण परराष्ट्र मञ्त्रालयका अधिकृत हुन् । ५६ वर्षिय अधिकृत सर्मिला साकेला गाउँपालिका मानेभञ्ज्याङमा कार्यरत छन् ।
वाभाेँछा कुलका शिखरपुरुषलाई मराेपरान्त सम्मान 

स्व. ईन्द्रबहादुर राई

प्रख्यात साहित्यकार स्वर्गीय ईन्द्रबहादुर राई, वाभाेँछा बंशका हुन् । उनकाे पुर्खा खाेटाङकाे मात्तिम हाे । मात्तिमबाट संखुवासभा हुँदै दार्जेलिङ पुगेर नेपाली साहित्य शिखरमा पुगेका थिए । वाभाेँछा कुल त्याे उचाईसम्म पुगेकाे छ भन्ने उदाहरण हुन् उनी । उनलाई वाभाेँछा कुलमा शिखरपुरुष मानिन्छ । उनलाई आफ्नाे कुल वंशले मराेपरान्त `वाभाेँछा ब्यक्तित्व सम्मान´ प्रदान गरेकाे हाे ।
सम्मानित ब्यक्तित्वहरुलाई सम्मान समाराेहका प्रमुख अतिथि किरात राई चामलिङ खाम्बातिमका अध्यक्ष युवराज राई, किरात राई चामलिङ खाम्बातिम प्रज्ञा प्रतिष्ठान उपकुलपति एवम् त्रियुगा जनता बहुमुखी क्याम्पस माेतिगडाका प्रमुख डा. कैलास राई, वाभाेँछा वंशावली निर्माण संयाेजक नरेन्द्र निर्विकार र वाभाेँछा समाजका केन्द्रीय अध्यक्ष जीवनकला राईले सम्मान गरे ।