Thursday, April 30News That Matters

निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

पूर्णपुष्टि,फागुन २२ । गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएको औषधि वितरण गरेको पाईएको छ । शनिवार शिविरमा विरामीको लागि ल्याइएका औषधीको म्याद अवधि सकिएको पाईएको हो ।

आयोजित शिविरमा बुटवलका रहेको चौराहा अस्पतालको प्राविधिक सहयोगमा नसा सम्बन्धी रोग परीक्षण तथा उपचारका लागि पुगेकी रेसुङ्गा– ८ निवासी हरिकला थापालाई ‘एमिजोय १०’ नामक औषधि दिइएको थियो । उक्त औषधिको अवधि गुज्रिएको पाइएको हो ।

चौराहा अस्पतालका निर्देशक विरु भण्डारीले आफूहरूले चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीको टोली निःशुल्क स्वास्थ्य शिविरमा पठाएको बताए । केही औषधि सौजन्य रूपमा विभिन्न फार्मेसी तथा कम्पनीबाट लैजाने गरिएको भन्दै उनले म्याद गुज्रिएको औषधि कसरी प¥यो भन्नेबारे आफूले बुझ्ने बताए ।