Sunday, June 28News That Matters

निउरो टिप्न गएकी महिलालाई पाटे बाघले लग्यो

पूर्णपुष्टि, चैत ३

बर्दिया राष्ट्रिय निकुञ्जमा एक महिलालाई पाटे बाघले लगेको छ ।

निउरो टिप्न गएका तीन जना महिलामध्ये ठाकुरबाबा नगरपालिका–७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

अहिले पाटेबाघले लगेकी महिलाको खोजी भइरहेको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणमा परि यस वर्ष मात्रै नौ जनाको ज्यान गइसकेको छ ।