
पूर्णपुष्टि, चैत ३
ओरालो लागिरहेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से २.५६ अङ्कले बढेर २३ सय ९१.७४ विन्दुमा पुगेको छ ।
बैंकिङ समूहको शेयर साढे ३ अङ्कले, होटल तथा पर्यटन समूहको ८६ अङ्कले, उत्पादनको २३, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको २ सय ३० र लगानी समूहको शेयर ०.२ अङ्कले बढेको छ । व्यापार, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ ।
२ सय १६ कम्पनीका ९० लाख १२ हजार कित्ता शेयर ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
चन्द्रागिरि हिल्ससहित ५ कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर भने सबैभन्दा धेरै झण्डै ९ प्रतिशतले घटेको छ ।
