Sunday, May 17News That Matters

निजामती सेवा दिवसमा अन्तरसंवाद र कार्यालय सरसफाइ (भिडियाे संवादसहित)

पूर्णपुष्टि, भदाै २२ ।

कर्मचारी मिलन केन्द्र उदयपुरले निजामती सेवा दिवसलाई यसवर्ष फरकढंगले मनाएको छ । विगतमा भब्य कार्यक्रमको आयोजना गरी मनाउदै आएको केन्द्रले कोभिडको कारण यसवर्ष मिडियामा अन्तर संवाद तथा कार्यालय परिषर सरसफाई कार्यक्रमका साथ मनाएको छ ।

यो दिवस कर्मचारीहरुको लागि खुसी र शुभकामना आदान प्रदान गर्ने दिन भएपनि कोभिडका कारण भिडभाड गर्न नहुने भएकाले सतर्कता अपनाउदै अन्तर संवाद तथा सरसफाई कार्यक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष जिल्ला अदालन उदयपुरका तहसिलदार राजकुमार अचार्यले बताउनुभयो ।
केन्द्रकै सभाहलमा मिडियामा प्रशारणका लागि अन्तर संवादको सुटिङ भयो । संवाद जिल्लाको विभिन्न एफएम, अनलाईन र भिडियो च्यानलहरुमा प्रशारणको उद्देश्यले तयार पारिएको हो । संवादमा निजामती सेवा दिवसको महत्व र सन्देश प्रकाश पारिएको छ । साथै राष्ट्रसेवक कर्मचारीहरुको भूमिका तथा योगदानको चर्चा गरिएको छ । समस्या र चुनौतीको विश्लेशन गरिएको छ । कर्मचारी क्षेत्रका विकृति, विसंगतीका कुरालाई पनि चिरफार गरिएको केन्द्रका काेषाध्यक्ष एवम् करदाता सेवा कार्यालय गाइघाटका प्रमुख  सुमन बुढाथाेकीले बताउनुभयाे ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, आधिकारिक डे«ड युनियन उदयपुरका अध्यक्ष देवराज कोइराला, नागरिक समाज एवम् अधिकारकर्मी भरत खड्का र नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्कासम्मिलित संवाद राज्यको तर्फबाट कर्मचारीमार्फत प्रवाह हुने सेवा, सुविधा कति चित्त बुझ्दाे छन् र यसलाई लाई थप चुस्त, दुरुस्त र नतिजामुलक बनाउने सन्दर्भलाई जोड दिइएको छ । पत्रकार भोटराज राईले राज्य र नागरिकको प्रतिनिधित्व गर्दै सहभागि चारैजनासंग गर्मागर्मी विषयका साथ गरेको चर्काचर्की संवाद यो भिडियो लिंकमा हेर्न सक्नुहुनेछ ।
भिडियाे लिंक :

दिवसकाे अवसरमा सबै सरकारी कार्यालय परिषरकाे सरसफाइ गरिएकाे छ । अधिकांश सरकारी कार्यालय रहेकाे बाेक्से क्षेत्र सरसफाइ भएकाे छ । दिवसकाे अवसरमा अन्य ठूला कार्यक्रम गर्न नमिले पनि संवादकाे माध्यमबाट नागरिक सेवालाइ प्रभावकारी बनाउने सन्देश प्रभाह गरिएकाे र सरसफाइ गरी काेभिड १९ प्रति उच्च सतकर्ता अपनाउदै स्वास्थ्यप्रति विशेष चासाे राख्न सन्देश प्रवाह गरेकाे काेषाध्यक्ष बुढाथाेकीले बताउनुभयाे ।