
पूर्णपुष्टि, भदौ २३
रुसमा बन्दै गएको कोरोना भाइरसविरुद्धको खोप भारतमा पनि परीक्षण हुने भएको छ ।
स्पुनिक पाँच नाम दिइएको खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताएका छन् ।
भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको जनाईएको छ ।
यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको जनाएको छ ।
यो परीक्षणको नतिजा आउँदो अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने जनाएको छ ।

