Wednesday, May 27News That Matters

निति निर्मााणमा कोशी प्रदेश सभा सम्वेदनशील छ : उपसभामुख दनुवार

पूर्णपुष्टि, फागुन २ । कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले निति निर्मााणमा कोशी प्रदेश सभा सम्वेदनशील रहेको बताएकी छन् ।

दोस्रो प्रदेश महोत्सवलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले व्यापारी, उद्योगी, किसान लगायत सबै क्षेत्रको उत्थान, सम्रक्षण, प्रवद्र्धन, विकास र समृद्धिको लागी निति निर्माण गर्ने काममा कोशी प्रदेश सभा सम्वेदनशील र जिम्मेवार रहेको बताएकी हुन् ।

व्यवसाय र संस्थाको अगुवाई गरेका व्यक्तित्वले कानुन नबनेको भन्ने गुनासो गरेको सुनाउँदै जुन नितिहरु छ, त्यसलाई अवलोकन गर्दै कति परिमार्जन गुर्न पर्नेछ र कति निर्माण गर्न बाकिँ छ त्यो कुरामा कोशी प्रदेश सभा जिम्मेवार रहेको उनले बताए । महोत्सवहरु धेरै लागेकोमा बिकृती, बिसंगती देखिएको बताउँदै यो महोत्सवले बिषेश गरेर स्थानिय श्रमजिवि, स्थानिय उद्योगी, स्थानिय व्यापारी र स्थानिय किसानहरुको सम्रक्षण र प्रवर्धनमा भुमिका खेल्नेमा उनले विश्वास व्यक्त गरिन् ।