
पूर्णपुष्टि, भदौ २५
ग्यास उद्योगको नियम विपरीत ग्यास सिलिण्डर कारोबार गर्नेलाई कारबाही हुने भएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले आज सूचना निकालेर कोरोना सङ्क्रमण फैलिएसँगै बजारमा जथाभाबी ग्यास सिलिण्डरको कारोबार भइरहेको पाइएकोले त्यसलाई रोक्न भनेको छ ।
ग्यास उद्योगको नियमानुसार नियुक्त भएका बिक्रेताहरु बाहेक अन्य कसैले खाली सिलिण्डर ओसार–पसार, भण्डारणमा सट्टापट्टा र खरिद बिक्री गर्नु गैरकानुनी भएकाले यस्तो काम गरे कारबाही हुने संघले जनाएको छ ।
यस्ता सिलिण्डर जफत गरी कारोबारमा संलग्न हुनेलाई कारबाहीको चेतावनी दिएको संघले जनाएको छ ।

