
पूर्णपुष्टि, असोज १३ । केही दिनदेखि देशैभर निरन्तर बर्षापछि आज (आइतबार) बिहानदेखि मौसममा उल्लेखनीय सुधार आएको छ । बिहीबारदेखि देशभर भएको भारी वर्षाले विभिन्न क्षेत्रमा बाढी र पहिरो निम्त्याएको थियो ।
मौसम विभागका अनुसार आगामी केही दिन मौसम खुला रहने अनुमान गरिएको छ । यद्यपि, नदी किनारका क्षेत्रहरूमा सतर्कता अपनाउन अझै पनि सुझाव दिइएको छ । बाढी र पहिरोका कारण सयौँ मानिसको मृत्यु भएको छ भने सयौँ मानिस घाईते तथा बेपत्ता छन् ।
