
राजेन्द्र श्रेष्ठ
देशको कुना कुनामा भएका हृदय विदारक घटनाहरु – कूटपिट, लुटमार, ठगी,डकैती, काटमार, भ्रष्टाचार, बलात्कार, हत्या जस्ता जघन्य अपराधका समाचारहरु, दुर्घटना, अन्याय, अत्याचार, तथा सामाजिक अन्यौलका कुराहरू बराबर सोसियल मेडियामा हेर्दा, पढ़्दा सधैं मन गर्हौ भैरहन्थ्यो । विकृति,विसङ्गति, निरक्षरता र अज्ञानताको पराकाष्ठा हो यो भन्ने लाग्थ्यो। तर यो सोंच यतिमा मात्रै सीमित रहेन ! मार्च १३ को घटनाहो । पूर्वीय क्षेत्रका विभिन्न ठाउँको यात्राको क्रममा इटहरी के पुगेका थियौ, एक्कासी सड़क जाममा परियो, घण्टौ सम्म । बुझ्दै जाँदा थाहा भयो कि १८ महिने बालिकालाई बलात्कार गरी हत्या गरियो रे ! मुटु चस्कियो, मन रोयो !
मेरो देश र समाजप्रतिको आदर्शमा पहिरो चल्यो।सुनामी आए जस्तै भो १ नसुनेको भए हुँन्थ्यो, झै लाग्यो ! विश्वाश त के सोंच्नसम्म पनि सकिन त्यसबेला १ तर समाचारले नै अर्कों दिन पुष्टि गरेपछी लाग्यो कलियुगले पृथ्वीमा पक्कै पाइला चाल्न थालेकै रहेछ भनेर । प्रकृति पनि बौलाऊछ, बेलाबेला ! नेतृत्व वौलाऊछ, बेलाबेला १ राज्य अन्यौलमा, समाज अन्यौलमा, संसार अन्यौलमा ! लाग्छ अन्यौलनै बौलाएको छ ! लोभ, स्वार्थ र विकृतिहरु मौलाएर महाभारतको ऊँचाइ टेकिसकेको छ ! मानवमात्र यो धर्तीमा दिन दिनै सुध्रिएर देव तुल्य हुनु पर्नेमा, धेरै भन्दा धेरै दानव तुल्य हुदै गैरहेको आभास् हुँन्छ । यो १८ महिने बालकको बलात्कार र हत्या लगायत बिभिन्न यस्ता घटनाहरु यसको बलियो उदाहरण हुन् !
यो बाल हत्या सहित कुनै पनि हत्यामा संग्लग्न जो हुन्छ, मानव हैनन् ! ती दानव हुन् ! यस्ताहरू महारोग हुन् समाजका र समाजले, राज्यले यस्ता अपराधी एकिन गरेर संरक्षण हैन, निर्मूल गर्नु पर्दछ । फाँसी हुनु पर्दछ ! निएम छैनभने बनाउनु पर्छ ! जसले अर्काको बाँच्ने अधिकार छिन्छ, त्यस्को पनि बाँच्ने अधिकार छिनिनु पर्दछ ।
त्यो बाल हत्याको बार्बारिक घटनाको समाचार नसेलाऊदै वा साता पनि नपुग्दै, त्यसै प्रदेसमा पर्ने मोरङको लेटाँङमा अर्कों भयानाक घटना घट्यो । जो नघट्नु पर्ने थियो १ दुई पटक बलात्कार गरिसक्दा पनि पदमा जोगाएर राखिएका एक स्कुल शिक्षकले फागुको बेला पारेर फेरी तेस्रो बलात्कार छैठौ कक्षाका एक नावालक छात्रा माथि गरेको सुन्नुपर्यो १ यो थाहा पाएर लेटाङ समाजले स्कुल घेर्ने क्रममा झडप हुँदा सुरक्षाका लागि खटिएका एक निर्दोष सुरक्षाकर्मी महिला पुलिस जवान कन्स्टेबल उर्मिला श्रेष्ठको समाजकै केही काँतर नर(पीसाचले खेदीखेदी छुरा प्रहार गरेर विभत्स हत्या गर्यो !
घटनामा बीरगति प्राप्त गरिन, प्रहरी जवान उर्मिला श्रेष्ठले ! उनका श्रीमान एवम् मेरो भान्जा, प्रहरी जवान कन्स्टेबल नविन श्रेष्ठ तथा उनको दाई प्रहरी सहायक निरीक्षक भुवन श्रेष्ठ लगायत हामी सम्पूर्ण घर तथा माईती परिवार स्तब्ध भएका छौ। निशब्द भएका छौ ! कालो आँधीले छ्याप्प छोपे जस्तै भएका छौ ! जसलाई पर्छ त्यसलाई मात्र थाहा हुन्छ यस्तो पिडा ! मृतक प्रहरी जवान एवं मेरी भान्जी बुहारी उर्मिलाको आत्माशान्तिको कामना गर्द्छौ !
यस घटनाले त्यो क्षेत्र, त्यो स्कुल, त्यो प्रदेसमा र राष्ट्रमा नै अप्रीय दाग लगाएको छ र थुप्रै प्रश्नहरु खड़ा गरेको छ ! पदीय उत्तरदायित्वहरुमा, सुरक्षाकर्मीहरुका सहकार्यका प्रक्रियाहरुमा, ट्रेनिंगमा, कमान्ड कन्ट्रोलको कमजोरीमा, योग्यतामा, दक्षेता तथा नैतिकताहरूमा, स्कुल स्टाफहरुमा र त्यस समाज र समाजका अगुवाइहरुमा !
सर्वप्रथम त शिक्षक जस्तो पबित्र पदमा जानीजानी अहिले सम्म किन राखिएको थियो बलात्कारीलाईरु स्कुल स्टाफलाई, गाऊँठाउँलाई, त्यो लेटाङ समाजलाई थाहा थिएन र त्यो बलात्कारी भन्ने कुरा रु एक पटकको चोर सधैको चोर, एक पटकको अपराधी सधैंको अपराधीस एक पटकको बलात्कारी सधैंको बलात्कारी, एक पटकको हत्यारा सधैंको हत्यारा भन्ने यथार्थ चरितार्थ नबुझेकै होला त त्यो स्कुल बोर्डलेरु त्यो समाजलेरु त्यो समाजको सचेतना खोई ? विवेक खोई ?
स्वच्छ समाजको निर्माणको लागि राष्ट्रको हरेक तहका उत्तरदायी पदहरुमा, नेतृत्वहरुमा पुग्ने वा बस्नेहरुको पृष्ठभूमि जाँच गरेर अपराधविहीन पृष्ठभूमिका र नैतिकवान तथा ईमानदार व्यक्तित्वहरुलाई मात्र राष्ट्रको र जनताको सेवामा अगुवाईको रुपमा छान्ने, चुन्ने, राख्ने अभ्यास गर्नु पर्नेमा अपराधी, बलात्कारीलाई मानेर, पुजेर राखेपछी त्यसको परिणाम भयानक हुन्छ १ भयो निरु त्यो बलात्कारीलाई पहिल्यै टुङगो लगाएको भए यो घटना हुने थिएन र मेरो भान्जी बुहारी, उर्मिलाको ज्यान त बाँच्ने थियोर ?
मध्यरातमा मेरा भान्जा एवं शहादत प्राप्त प्रहरी जवान उर्मिला श्रेष्ठको श्रीमान नवीन श्रेष्ठले भक्कानिएर भनेको थियो, ‘मामा हुनु नपर्ने भयो ! उर्मिला गई ! सदाको लागि ! कस्तो कर्म लिएर आएको रै छु मैले १ र उनले पनि ! ‘बिहे गरेको वर्ष पनि पुगेको थिएन ! अलग अलग ठाउँमा बसेर सेवारत केही माहिनाको अवधीमा संगै बसेर सेवा गर्ने जस्ता थुप्रै सपनाहरु बुनिरहेका थियौ ! आश्वासन मिल्दै थियो ! तर उसलाई त झन् कहिल्यै नभेट्ने गरी टाढ़ा लगिदियों मामा ! के गल्ती थियो र उसकोरु खोई उसको बांच्ने अधिकार यो आदि सबै सुनेर म आफै निसासिएँ । निशब्द भएँ ! नसुते रै त्यो रात छर्लंङग भयो । अझ थुप्रै प्रश्न जागेर आयो मनमा, समाजप्रति, स्कुलप्रति, समाजको नेतृत्वप्रति, सुरक्षाकर्मी प्रति, प्रदेशका नेतृत्वप्रति, त्यस समाजका सर्जक र राज्यप्रति !
समाजकै सुरक्षामा खटिएका निर्दोष महिला प्रहरी जवानको निर्मम हत्या भयो ! जधन्य अपराध गर्यो ! कानुन हातमा लियो केहीले १ विभत्स नारी हत्या १ त्यो समाजमा बलात्कारी सहित यस्ता केही काँतर नरपिशाच, अपराधीहरु पनि रहेछ भन्ने प्रष्ट भयो ! घोर निन्दा छ यो घटना प्रति, घोर नीन्दा छ एक निर्दोष नारीको त्यो विभत्स हत्या प्रति !
तर खोई त्यो अपराधीहरुरु जसको हातमा उर्मिलाको रगत छ ! जसको हातको छाप त्यो रक्ताम्मे चक्कुमा छरु ती अपराधी जो उज्जन्ड छ ! त्यो २० जनाको ग्रूपबाट छ भने छुट्टिनु पर्यो ! फिल्टर गर्नुपर्योरु ढीला सुस्ती नगरी, जालझेल नगरी, ढाकछोप नगरी ! यिनै हुन उर्मिलाको हत्यारा भनेर देखाऊनु पर्यो उर्मिलाको अन्त्येष्टिको तेर्हौ दिन कटीसक्दा पनि हत्यारा यिनै हुन भनेर देखाउनु नसक्नुको कारण के कहिले औल्याउने लेटाँङ समाजले बुझाऊनु पर्यो हत्याराहरु सुरक्षाकर्मीलाईरु कड़ा भन्दा कड़ा सजाय सुनाएको हेर्न चाहंन्छौ १ फाँसी चाहंन्छौ हामी पिडीत परिवार ! नियम नभए बनाउनु पर्यो नियम ! निर्दोष सेवक वा कसैलाई चक्कु हान्ने कानुन पनि त छैन नि तर त्यही भयो र !
यो हत्या हो, यो महाअपराध हो । जुन एकहोनाहार महिला, नारी पुलिस जवान, सेवाकर्मीसंग मात्र सीमित नभएर लेटाङ समाज, क्षेत्र, प्रदेश र राष्ट्रसँगको इज्जत संग जोड़िएको विषय हो यो, सवाल हो यो । अपराधीलाई कुनै पनि तह तप्काले लुकाउन खोज्छ, बचाउन खोज्छ भने त्यो पनि अपराधी हुन् । जुन क्षम्या हुँदैन ।
बलात्कारीको हतियार काटिनु पर्छ । समाजबाट हटाउनु पर्छ सदाको लागी अपराधका जड़हरु ! यी हत्याराहरु ! यो हामी सम्पूर्ण पिडीत परिवारको माँग हो ! सरकार संग ! होइन, यसमा कसैले पुर्पक्ष गर्छ भने हामी सोध्न चाहन्छौ !
कस्तो समाजको सिर्जना गर्दैछौं हामी कता ज़ादैछौं हामीरु कता लॉन खोज्दैछौं समाजलाईरु कसरी गरिन्छन् गलत निर्णयहरुरु निर्दोष चेलीहरु यसरी नै लुटिइरहनु पर्ने हो बलातकृत भैरहनु पर्ने निर्दोष जवानहरू यसैगरी मारिइनु पर्ने हो र मर्नु पर्ने हो ? आखिर कहिले सम्मर !
कत्तिको जबाफदेही छन् नेतृत्वहरू रु यो घटनाको जबाफदेही को हो जवाफदेहिता कसले लिने हत्यारालाई कसले सार्वजनिक गर्ने सहकार्यको अभ्यास जवानहरुमा अपुग किन सहकर्मीलाई चक्कु हान्दा अरूले हेरेर बस्नेरु सुरक्षाकर्मीले सुरक्षाकर्मी वा सहकर्मीलाई बचाउन सक्दैन, सुरक्षा दिन सक्दैन, आफै भागेर, लुकेर ज्यान जोगाउन पर्ने हो भने यसको अर्थ के कमान्ड कन्ट्रोल खोईरु प्रक्रिया खोई ? यसरी उब्जिएका दर्जनौ प्रश्नको जवाफ कसले दिने र !
एऊटा बलात्कारी जो शिक्षक भएर बिद्धार्थीलाई बेला बेला बलात्कार गरेको इतिहास बोकेर पनि स्कुल बोर्ड र समाजले पदमा राखी रहदा तेस्रो बलात्कार ६ क्लासको बिधार्थी माथि गर्यो र यो घटनाको कारण बन्यो ! यसलाई कस्तो कार्वाही हुँदैछ अपडेट खोई ?
त्यसै बलात्कारीको सुरक्षा गर्न जाँदा पुलिस जवान उर्मिलाको हत्या भयो ! उक्त घटना तथा हत्याको जरो, मुख्य कारण नै यै बलात्कारी भयो । अत त्यो बलात्कारी, बलात्कारी मात्र रहेन कि हामी सोध्न चाहंन्छौ लेटाङ समाजलाई, के गल्ती थियो त्यो जवान उर्मिलाको अरु दर्जनौ पुलिस जवानहरुलाई पनि घाइते पारेको जानकारीमा आएको छ ! के बहादुरी देखाएको यो समाजले, एउटा सेवारत निर्दोष चेलिको वीभत्स हत्या गरेर एक कमजोर नारी सेवकलाई खेदेर, एक्लो पारेर विभत्स हत्या र अपराध गरेर, गरेको हेरेर केको बहादुरी रु खोई लेटाँङ समाजका नारीहरू रु खोई त नारी अधिकार कर्मीहरू निकाल हत्याराहरूलाई कोठा कोठाबाट लेटाँङ समाज र बुझाऊ कानुनलाई ! समाजको उत्तरदायित्व पूरा गर !
गलत निर्णयले अन्नयौल मच्चायो, उग्रता मच्चायो ! हामी सोध्न चाहंछौ । भीडले उग्ररूप लिएर यस्तो भीषण घटना गराउनको वास्तविकता के हो समय, ठाउँ, परिस्थिति र वस्तुस्तिथि अनुसार भीड़ सम्हालने, शान्तिको आवहान गर्ने अनुभवी र परिप्क्क प्रक्रियाका निर्णयहरू किन हुन सकेन उत्तरदायित्व ककस्को थियो र ?
त्यहाँ धेरै जना संगको कुराकानी पछी थाहा भएको छ कि कुनै नेतृत्वले भिडलाई एड्ड्रेस नगरेको, सुरक्षामा कमान्ड कण्ट्रोल नभएको र बलात्कारीलाई पछाडीको ढोकाबाट सुरक्षाकर्मीको उच्च नेतृत्व बाटै लुकाएर भगाइएको ! जसले गर्दा भीड़ले उग्ररुप लिएको र यो घटना घट्न पुगेको भनेर ! यसको वास्तविकता के होरु सत्य तथ्य के हो जवाबदेही को हो यसकोरु खोई अपडेट
नष्स्पक्ष छानविन समिति बनेको हो भने काम के भैरहेछरु को कहाँ चुकिरहेछ किन कोही जबाफदेही बनिरहेको छैनन् र ? किन सामसुम सरकारले पठाएको राहतकोषको स्केलमा पनि गहिरो प्रश्न छ हाम्रो दूधको दूध पानीको पानी हुनुपर्यो सबै र ?
यो विभत्स हत्याको घटना कुनै निकायको, कुनै पद वा पदाधिकारीको, कुनै पार्टीको र कुनै क्षेत्रको मात्र होइन, राष्ट्रिय घटना हो ! अझ सुरक्षा निकायको छविसंग सिधै जोडिएको छ यो विषय ! अत गम्भीर हुनु पर्यो सरकार ?
याद रहनु पर्यो कि हामीले हाम्रो परिवारको एक सदस्य गुमाएका छौ भने सुरक्षा निकायले एक नीडर सुरक्षाकर्मी गुमाएको छ र राष्ट्रले एक ईमानदार नारीसेवक गुमाएको छ ! हत्यारालाई सार्वजनिक गरेर कड़ा सजाय दिइ समाजबाट नहटाए सम्म हामी पीडित परिवारमा कुनै राहत महशुश हुने छैन र सुरक्षा निकायमा लागेको दाग, राष्ट्रमा लागेको दाग मेटिने छैन । कानुन अझै मरेको छैन भन्ने अनुभूति जनमानसमा जागा होस सरकार ।
