Sunday, June 28News That Matters

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

पूर्णपुष्टि, असार २५

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको हो ।

आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । जसपाले दल दर्ताको लागि एक महिना अघि आयोगमा निवेदन दिएको थियो ।

एकीकरणअघि संसदमा तेस्रो र चौथोँ दलको हैसियतमा रहेको पार्टी एकीकरणपछि अब संसद्को तेस्रो शक्ति बनेको छ ।