Sunday, June 28News That Matters

भारतीय मिडियाको बकबासले सिमा नाघ्यो

पूर्णपुष्टि, असार २५

भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गरेको प्रचारले सीमा नाघेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । नेता श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले सरकार र प्रधानमन्त्री ओलीका बारेमा गरेको अनर्गल प्रचारलाई बकवासको संज्ञा दिनुभएको छ ।

राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति नेपाली एक ढिक्क रहेको र विदेशीको ‘फुटाउ र स्वार्थ पूरा गर’ भन्ने नीति सफल हुन नदिने नेता श्रेष्ठले बताउनुभएयो ।

विस्तारबादी भारतको सञ्चारमाध्यमले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भ्रामक र आपत्तिजनक सामग्री दिइरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका सामग्रीले उनीहरु आफैँ नाङ्गिइरहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले बताउनुभएको छ । प्रधानमन्त्री ओली, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चारमाध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा पूर्वीय सभ्यताको उपहास भइहेको नेता भट्टराईको भनाइ छ ।