Wednesday, April 29News That Matters

निर्वाचन तोकिएको मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

पूर्णपुष्टि, बैशाख ३
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आसन्न स्थानीय चुनाव तोकिएको मितिमै हुने जनाएको छ । थपलियाले निर्वाचन सारिए लोकतन्त्र नै दुर्घटनामा पर्न सक्ने जनाउँदै तोकिएको मिति भन्दा बाहिर स्थानीय चुनाव नलम्वीने जनाए । उनले निर्वाचनलाई सबैले स्वच्छ रुपमा सम्पन्न गराउन सहयोग गर्नुपर्नेमा जोड गर्दै ‘निर्वाचन हुन्छ वा हुदैन भन्ने संशय उत्पन्न हुने खालको अभिव्यक्ति कतै बाट पनि आउन नहुने जनाए ।

निर्वाचन लोकतन्त्रको प्राण वायु रहेको कारणले यसलाई मनपरि तरिकाले तलमाथी बनाउनु नहुने र तोकिएकै मितिमा चुनाव भए देशको गतिविधिले निरन्तर पाउने भनाईका साथ समयमै चुनाव गराउन आयोक गम्भीर रहेको थपलियाले प्रष्टाए ।

निर्वाचन मिति घोषणा गर्नुपूर्व सबै प्रकारले छलफलहरु भएको र अहिले तयारी भईरहेको अवस्थामा कुनैपनि हालतमा निर्वाचन सारिदैन,’ थपलियाले भने ‘यस्तो खालको भ्रम सिर्जना गर्ने अभिव्यक्तिहरु आउँदा निर्वाचन कार्यक्रम नै प्रभावित हुन सक्ने अवस्था आउन सक्छ।’ आयुक्त थपलियाले अब निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने दावी गरे। उनले भने, ‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथी गर्ने प्रयास गरियो भने दुर्घटना अवश्य नै हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ।’