
पूर्णपुष्टि, भदौ ४
काठमाण्डौ उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने साढे ११ सय कारबाहीमा परेका छन् । निषेधाज्ञा उल्लघंन गरेर घर बाहिर निस्किएका ११ सय ७० जनालाई प्रहरीले केहिबेर होल्ड गरेर छाडेको हो ।
गतराति १२ बजेदेखि नै निषेधाज्ञा लागू भएकाले अति आवश्यक नपरी निस्किएकाहरुलाई केहीबेर होल्ड गरेर छाडिएको प्रहरीले जनाएको छ ।
ललितपुरमा ४ सय ९८ जना, काठमाण्डौमा ४ सय ३७ जना र भक्तपुरमा २ सय ३५ जनालाई होल्ड गरेर छाडिएको प्रहरीले जनाएको छ । आज निषेधाज्ञाको पहिलो दिन भएकाले उनीहरुलाई केहिबेर होल्ड गरेर छाडिएको जनाईएको छ ।
