
पूर्णपुष्टि, भदौ ४
सिन्धुपाल्चोकका लिदीको पहिरोमा बेपत्ता भएका मध्ये २९ जनाको शव भेटिएको छ । जुगल गाउँपालिका–२ को लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये २९ जनाको शव भेटिएको हो ।
आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वषीय सानुकान्छा दोङ र ४४ वर्षीय हिराबहादुर दोङको शव भेटिएको प्रहरीले जनाएको छ ।
पहिरोमा अझै १० जना हराइरहेका छन् र उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको जनाईएको छ । लिदीमा गत शुक्रबार पहिरो जाँदा ३७ वटा घरमा क्षति पुगेको छ भने १३ वटा घरमा पूर्ण रुपले क्षती भएको छ ।
