Saturday, June 20News That Matters

निषेधाज्ञा थप कडाईका साथ लिम्चुङबुङ गाउँपालिका सिल गरियो, उलंघन गरे हजार रुपयाँ सम्म जरिवाना

पूर्णपुष्टि, जेष्ठ २०

हिजो मात्रै लिम्चुङबुङका एक कोरोना संक्रमितको मृत्यु भए सँगै लिम्चुङबुङ गाउँपालिका सिल गरिएको छ । संक्रमण उच्च हुने भन्दै गाउँपालिका भित्र थप कडाई निषेधाज्ञा सहित पालिकानै सिल गरिएको हो ।

पालिकाले संक्रमण रोक्न बिभिन्न कार्यलाई थप निरन्तरता र दायर बढाई गर्ने जनाएको छ । बुधबार गाउँपालिका स्थरीय कोरोना रोकथाम समितिले बसेको बैठक अनुसार बिभिन्न काम र योजनाहरुलाई तत्काल लागु गर्ने छलफल भएको छ । पालिकाले बिगत देखिनै संक्रमितहरुलाई औषधीको घरदैलो अभियान र प्रतिदिन वडावाईज एन्टीजेनको परिक्षण बढाईरहेको अवस्थामा पनि मानिसहरु सचेत नभएको र संक्रमण लुकाएर बस्ने, स्वास्थ्य मापदण्डको पालना नगर्ने, सुरक्षित नभई गाउँघरमा भेला हुने, बिभिन्न खेलहरु खेल्ने जस्ता कार्यले पालिकामा संक्रमण रोक थाम नभएको छलफलले निष्कर्ष निकालेको छ ।

अबको दिन बाट यसलाई पूर्ण बन्द गराउने र लापर्वाही गर्नेलाई पालिकाले जरिवाना र कार्वाहीको दायरामा ल्याउने समितिको छलफलमा उल्लेख छ ।

समितिले १९ गते रातिको १२ बजे देखि २९ गते सम्म रातको १२ बजे सम्मलाई पालिका सिल गरेको घोषणा गरेको छ । यस अबधिभर निषेधाज्ञामा लापर्वाही गर्ने व्यक्तिमाथी बिभिन्न कार्वाही गर्ने उल्लेख गरिएको छ ।

छलफलमा मास्क नलगाउनेलाई ५० रुपयाँ जरिवाना, अनावश्यक वा अनुमति विना हिड्ने २ पाँग्रे सवारीलाई १ हजार रुपयाँ र होम आईसोलेसनमा नबसी घुमफिर गरेको पाईएमा पटकै पिछे ५ सय रुपयाँ जरिवाना गर्ने निर्णय भएको छ ।

लिम्चुङबुङको २ नं वडा ताम्लीछाका ५५ बर्षिय एक पुरुषको बुधबार कोरोनाका कारण मुत्यु भएको थियो ।