Sunday, June 21News That Matters

३५ बर्षिय चिकित्सकको कोरोना संक्रमण बाट मृत्यु

पूर्णपुष्टि, जेष्ठ २०

कोरोना संक्रमणका कारण कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा। पशुपति रजौरियाको उपचारको क्रममा मृत्यु भएको छ । उनको ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो । उनि युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत थिए ।

कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशील गुरुङका अनुसार डा। रजौरियाकी श्रीमती डा। हसिना बानु पनि कोरोना संक्रमित थिइन् । डा। बानु भने कोरोना संक्रमणमुक्त भइसकेकी गुरुङले बताए ।