
पूर्णपुष्टि, साउन ६
सुनसरी धरान उपमहानगरपालिका–८ तीनकुने स्थितबाट निषेधित औषधीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१६ का १९ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धीत औषधी स्पास्पाइन– १५०० ट्यब्लेट र ट्रामाडोल ५०–१५०० ट्याब्लेटसहित पक्राउ गरेका थिए । पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
