
पूर्णपुष्टि, साउन ६
आज सुनको भाउमा भारी गिरावट भएको छ । सुन आज एकै दिन ७ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो सुन प्रतितोला ९३ हजार २ रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको भाउमा पनि आज गिरावट आएको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
