Saturday, January 31News That Matters

नुवाकोटमा हायलक्स दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

पूर्णपुष्टि, असोज १९ । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको एक हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार बा१४च ३८५५ नम्बरको उक्त हाइड्रोपावर कम्पनीको गाडी बिहान करिब ८ बजे टोखा–छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटना हुँदा गाडीमा ४ पुरुष र २ महिला गरी कुल ६ जना यात्रु रहेका थिए । मृतक चालकको अझै सनाखत हुन सकेको छैन ।

गत असोज ११ र १२ गतेको भारी वर्षाका कारण नागढुंगा मार्गमा पहिरो गएपछि जोखिम र जामको कारण धेरै सवारी चालकहरूले वैकल्पिक मार्गको रूपमा टोखाछहरे सडक प्रयोग गर्न थालेका छन् ।