Thursday, June 18News That Matters

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार सुचिमा

पूर्णपुष्टि, बैशाख २२ । नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग संग्लनता देखिएपछि पूर्वऊर्जामन्त्रीसमेत रहेको टोपबहादुरलाई बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो ।

पक्राउ पुर्जी जारी हुँदा गृह जिल्ला र्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सव सकेर रायमाझी बुटवल आएका थिए। पत्रकारसँग कुराकानी गर्दै आफूविरूद्ध पक्राउ पुर्जी जारी भएकोले अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिर्दै त्यहाबाट हिडेका उनको पछिल्ले समय फोन स्विच अफ छ ।

कार्यक्रममा सहभागी प्रतितिधि शभा सभामुख देवराज घिमिरे र रायमाझी सँगै बुटवलसम्म आएका थिए । रायमाझी बुधबार बुटवल बस्ने भन्दै एउटा होटलमा कोठा समेत रोकेका थिए। तर पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिएका थिए। पछि उनी जहाजको टिकट पनि रद्द गरी सम्पर्कविहीन भएको रूपन्देही प्रहरीको भनाइ छ।

पक्राउ पुर्जी जारी भएका उनी बिहीबार प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीको अपेक्षा थियो। प्रहरी उच्च स्रोतका अनुसार सांसदजस्तो मान्छे बिहीबार साँझसम्म सम्पर्कमा नआएपछि उनी फरार सुचिमा परेका हुन् । बिहिबार देखी खोजतालास गरिरहेको प्रहरीले रायमाझी फरार भए पनि यो प्रकरणक अनुसन्धान निरन्तर अघि बढ्ने बताएका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) को छोरा प्रतीकको पनि पक्राउ पुर्जी जारी भईसकेको छ भने उनी हाल फरार रहेका छन् ।