
पूर्णपुष्टि, बैशाख २
आसन्न आउने स्थानीय चुनावमा त्रियुगा नगरपालिकाका मेयर पद उम्मेदवारका लागि नेकपा एस बाट वलदेव चौधरीको नाम सर्वसहमत पारित भएको छ । शुक्रबार बसेको नगर कमिटी बैठक बाट मेयर पदका लागि चौधरीको नाम सर्वसहमत सिफारिस गरिएको हो । मेयर पदका लागि चौधरी सँगै उपमेयर पदमा उस्मा राईको नाम सिफारिस भएको छ । नेकापा एसले त्रियुगा नगरको लागि उम्मेदवारीको नाम टुंगो लगाए सँगै नगरको १६ ओटै वडाहरुमा उम्मेदवारीको नाम तोकी सकेको छ । उम्मेदवारीका लागि मेयर र उपमेयरको नाम पहिले नगर कमिटिले सिफारिस गरी जिल्ला पठाउने र जिल्लाले पुन प्रदेश पठाउने प्रावधान छ । बलदेव चौधरी नेकपा एस १ न प्रदेश कमिटीका अध्यक्ष तथा त्रियुगा नगरपालिकाकै मयेर समेत हो भने उस्मा नेकपा एस त्रियुगा नगर कमिटीको उपाध्यक्ष हुन् ।

