
पूर्णपुष्टि, चैत्र १ । भूमि अधिकार मंञ्च उदयपुरको जिल्ला अधिवेशनले खुल्ला सत्र सम्पन्न गरेपनि बन्द सत्रमा आएर अड्कीएको छ । मंञ्चका जिल्ला संयोजक फुर्तिमा राईका अनुसार आकांक्षीहरु बढी भएका कारण नेतृत्वमा कुरा नमिल्दा बन्द सत्र स्तगीत नै गर्नु परेको जनाए । राईले यसबारे तत्काल छलफल बसी सामाधान खोज्ने राईको भनाई छ । गाईघाट स्थित होटल टाउन हलमा मंगलबार मंञ्को चौथो अधिवेशन सुरु भएका थिए । जसमा जिल्ला भरी रहेको भुमि अधिकारीहरु उपस्थित थिए ।
नेतृत्वका लागि जम्मा ५ जनाले आकांक्षी राखेको छ । बेलका बाट २ जना, कटारी बाट २ र त्रियुगा बाट १ जना गरी ५ जना अध्यक्षका लागि आकांक्षी देखिएको संयोजक राईको भनाई छ । कटारी बाट सन्त बहादुर सुनुवार र बाल कृष्ण थापा बेलका बाट केशर मगर र सुर्यराज पौडेल र त्रियुगा बाट एक जना महिलाले आकांक्षी राखेको छ । सक्दो सहमति तथा छलफलमै मिलाउने यदि नभए चुनावी कार्य तर्फ पनि अघि बढ्ने जनाईएको छ ।
