Tuesday, August 11News That Matters

नेपालको ११ जिल्लामा ५०० भन्दा धेरै संक्रमित

पूर्णपुष्टि, असोज ३०

नेपालको ११ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । काठमाण्डौमा मात्रै १५ हजार ९ सय सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ललितपुरमा २ हजार ५ सय ४० र भक्तपुरमा १ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् भने मोरङ, सुनसरी, चितवन, मकवानपुर, दाङ, बाँके, रुपन्देही र सुर्खेतमा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हिजो ३ हजार ७ सय ४९ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
हिजो ३ हजार ५ सय ६४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । बिहीबार देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ ।