Saturday, May 23News That Matters

नेपालमा अहिलेसम्मकै बढी १३५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, भदौ १९

नेपालमा अहिलेसम्मकै बढी आज एक हजार तीन सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो ।

त्यस्तै गत २४ घण्टामा थप एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा १८ हजार चार सय चार जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै ६ हजार पाँच सय ६१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।