Saturday, May 23News That Matters

नेपालमा थप १३५४ जना कोरोना मुक्त

पूर्णपुष्टि, भदौ १९

नेपालमा आज एक हजार तीन सय ५४ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २५ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको छ ।

गत २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या दुई सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।