Tuesday, April 28News That Matters

नेपालमा आज थप ३८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, साउन २१

नेपालमा आज थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा थप १ सय ३० जना  उपचारपछि कोरोना मुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १५ हजार १ सय ५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाको कारण मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या ६० पुगेको मन्त्रालयले जनाएको छ ।