
पूर्णपुष्टि, भदौ १०
नेपालमा आज थप आठ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या ३४ हजार चार सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप तीन सय ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या १९ हजार पाँच सय चार पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।
