Monday, April 20News That Matters

मलको भाउ तेब्बर पारेर बेच्ने ३ जना व्यापारी पक्राउ

पूर्णपुष्टि, भदौ १०

दाङको गढवामा रासायनिक मल युरिया बजार भाउभन्दा तेब्बर बढी मूल्यमा बेचेको आरोपमा तीन जना व्यापारी पक्राउ परेका छन् ।

गढवा बजार र आसपासको क्षेत्रबा पसलबाट रासायनिक मल युरिया चर्को मूल्यमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

गढवा गाउँपालिका–५ का सुनील पोख्रेल, राजकुमार गुप्ता र युवराज पाण्डे पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको पसलबाट प्रतिबोरा सात सय २१ पर्ने रासायनिक मल (युरिया) लाई प्रतिबोरा दुई हजार चार सय रुपैयाँको दरले बिक्री गरी उपभोक्तालाई ठगी गरेको पाईएको जनाएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।