Saturday, June 6News That Matters

नेपालमा एक लाख भन्दा बढी कोरोना संक्रमित

पुर्णपुष्टि,असोज २३

वितेको २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै वितेको २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

त्यस्तै वितेको २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।