Friday, July 17News That Matters

कुलोले बस्ती जोखिम हुने भएपछि स्थानीयहरुको विरोध

 पूर्णपुष्टि, असोज २३

त्रियुगा नगरपालिका वडा न १३ हवाईफिल्ड स्थित नगरपालिकाकाले निर्माण गर्दै गरेको कुलो स्थानीयहरुले बिरोध गरेको छ । ३ हजार भन्दा बढी घरपरिवार विस्थापित हुने भन्दै बिभिन्न टोलका स्थानीयहरुले अवरोध गरेको हो ।

मेन रोड हुदै बगेको पानीलाई हवाईफिल्ड शान्तिराम टोल हुदै कुलो बनाएर बगाउने भन्दै निर्माण गर्न थालिएको काम स्थानीयले बिरोध गरेको छ । त्यसरी कुलो खन्दा शान्तिराम टोल, गुँरासटोल, विसनपुर, त्रिवेणीटोल, सोनापुर लगाएत आसपासका बस्तीहरुमा यसले क्षेती पुग्ने स्थानीयवासी सुनिल राउतले बताउनुभयो ।

उहाँले त्यसरी कुलो खनेर पानी लैजानु भन्दा पानीलाई बरुवा खोलामा मिसायर रोड खन्नुको कुनै बिकल्प नरेहको बताउनुभयो ।

स्थानीयहरुका अनुसार बाटोलाई कुलो बनाउने काम गरेको बताएका छन् । बाटोको नक्साको आधारमा स्थानीयहरुले वस्ती वसाई सकेको र यसलाई कुलेले असर गर्ने स्थानीयहरुको भनाई छ । पहिले कुलो नै रहेपनि पछि स्थानीयहरुको डेलिकेसनमा नगरपालिकामा गई बाटोको माग राख्दा नगरपालिकाले सडकनै बनाउने सहमतिका साथ नक्सा पास गरेको स्थानीयहरुको भनाई छ ।

अहिले फेरी कुलो निर्माण गर्दा धेरै घरहरु अव्यवस्थित हुनुका साथै पानीले पनि वस्ती ढुवान हुने स्थानीयहरुले बताए ।

उहि बेला नगरपालिका र स्थानीयहरु बिच बाटो बनाउने सहमति भएपछि कुलोको सट्टा बाटोलाई स्थानीयहरुले २ ÷ २ मिटरले जग्गा समेत छुट्टाएको थियो । नगरपालिकाले पनि सोही नक्साको आधारमा घर बनाई सकेको र सम्पन्नताको प्रमाण पत्र पनि पाईसकेको छ । घर सम्पन्नताको प्रमाण पत्र पाएसँगै नगरपालिकामा आफुहरुले राजश्व पनि तिरिरहेको स्थानीय लक्ष्मी कार्कीले बताईन् । कुलो पनि ठाउँ सम्म पुगेर टुङगिएको छैन थोरैमात्र लगेर आधामै अलपत्र परेको कार्कीले बताईन् । बर्खामा यसै पनि ढुवान हुने वस्तिहरु कुलोले झन ढुवानमा पार्ने भन्दै उनिहरुले बिरोध गरेको हो ।

यदि कुलो नै भएपनि कुलोलाई ठाउँसम्म टुङ्याएर व्यवस्थित गर्नुपर्ने स्थानीयहरुको माग छ । ढुवानको अवस्थामा सुरक्षित वस्ति र कुलोको स्थानसम्म निर्माण गरिनु पर्ने आधा ठाउँमा मात्र कुलो खने थप ढुवानको समस्या आउने स्थानीयहरुले बताएका छन् ।

 बर्खामा निकै ढुवान वनाउने पानी बस्तिमा कुलो बनाएर बगाउनाले आफुहरु समस्यामा परेको स्थानीयहरुले बताए ।  यसरी वस्तिमा कुलो निर्माण गरी पानी कटाउँदा वडा नं १२ को गुराँस टोल र शान्तिराम टोल उता १३ को बिसनपुर, सोनापुर र त्रिबेणीटोलका वस्तिहरु समस्यामा पर्ने भएको छ ।