Wednesday, June 10News That Matters

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

पूर्णपुष्टि, असोज २३

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई दिइने भएको छ । भोकमरीविरुद्ध लड्ने प्रयासको लागि डब्ल्यूएफपीलाई पुरस्कार दिइने भएको हो ।
नर्वेजियन नोबेल समितिले डब्ल्यूएफपीले युद्ध र सङ्घर्षको हतियारको रुपमा भोकको उपयोग रोक्ने प्रयासलाई एक प्रेरक शक्तिको रुपमा लिन सकिने जनाएको छ ।

यो पुरस्कारको राशि १२ करोड नेपाली रुपैयाँभन्दा धेरै छ । १ सय १ औँ पुरस्कार जित्ने विजेताको नाम नर्वेजियन नोबेल इन्स्टिच्युट ओस्लोमा भएको हो ।