
पुर्णपुष्टि,असोज २३
जिल्ला अदालत उदयपुरले १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै रौतामाई गाउँपालिका–८ का २४ वर्षीय भरत राना मगरलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधिश दिपक खनालको एकल इजालसले बिहीबार कसुर ठहर गर्दै कैदसँगै पीडितलाई ५० हजार क्षतीपुर्ती भरान आदेश दिएको हो ।

अदालतको आदेशसँगै रानालाई बिहीबार जिल्ला कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी राजकुमार आचार्यले बताए । २०७६ मंसिर १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कसुरदारविरुद्ध मंसिर ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

लगत्तै उनी पक्राउ परेको थियो । पीडितको निवेदन, प्रहरीको घटना मुचुल्का, प्रमाण र वयानका आधारमा सरकारी वकिल कार्यालयले कसुरदार विरुद्ध कैद सजाय र क्षतिपूर्तिको दावी गर्दै मंसिर २९ गते अदालतमा मुद्दा दाएर गरेको थियो ।
सकारी वकिलको माग दावीअनुसार अदालतले थप प्रमाण बुझ्दै जाँदा ठहर हुने गरी कारवाही प्रक्रिया अघि बढाउने भन्दै मंसिर ३० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

